काठमाडौं- नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेश ३ स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टीप्पणी गरे।
_x000D_
_x000D_
'संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भुमिका निर्वाह गरेको छ। लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताबीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्छ,' उनले भने।
_x000D_
_x000D_
राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। 'संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो। कांग्रेस सत्ता हो। कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो। हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ' भन्दै उनले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए।
_x000D_
_x000D_
महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालीन र अल्पकालीन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख उनले गरे। कांग्रेसको विधान अनुसार महासमिति बैठकले महाधिवेशनले गर्ने केन्द्रीय समितिको निर्वाचन बाहेक सबै निर्णय गर्न पाउने अधिकार राख्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।