काठमाडाैं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंसिर १२ र १३ मा हुने भएको छ।
_x000D_
_x000D_
नुवाकोटको ककनीमा हुने दुई दिने भेलामा विधान र महासमितिको बैठकमा केन्द्रित हुने नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए।
_x000D_
_x000D_
विधान मस्यौदा समितिले केन्द्रीय कार्य समितिलाई पेस गर्न लागिएको विधानमा जिल्ला सभापतिको धारणामा एकरुपता ल्याउनका लागि भेला डाकिएको केसीले बताए। देशभरका जिल्ला सभापतिहरु आन्तरिक रुपमा एक भई समान धारणा बनाउने उनले बताए।
_x000D_
_x000D_
कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको पहिलो साता हेटौडामा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।