काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको प्रथम स्मृति दिवस प्रचण्ड निवास खुमलटारमा मनाइएको छ।
_x000D_
_x000D_
स्वास्थ्यलाभका कारण बाहिरी कार्यक्रममा ननिस्किएका प्रधानमन्त्री केपी शर्मा ओली भने प्रकाशको प्रथम स्मृति दिवसमा पुगेका छन्। अस्पतालबाट डिस्चार्ज भएको १७ दिनपछि पहिलोपटक ओली बालुवाटारबाहिर निस्केका हुन्।
_x000D_
_x000D_
स्मृति कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भए।
_x000D_
_x000D_
प्रचण्ड निवास खुमलटारमा राखिएको स्मृति कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु पनि पुगेका छन्। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई, झलनाथ खनाल,लोकेन्द्रबहादुर चन्द, खिलराज रेग्मी लगायत उक्त कार्यक्रममा सहभागी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।