• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सडकका पनि कथा छन् : बर्सेनि १२ लाख ५० हजारले अकालमै गुमाउँछन् ज्यान

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ००:२०
1140x725

विश्वभर सडक दुर्घटनामा मृत्यु वा घाइते भएका मानिसहरु, उनीहरुका परिवारजन, मित्र र अन्य धेरै प्रभावितहरुको स्मरणस्वरुप हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारका दिन सडक दुर्घटना पीडितहरुको लागि विश्व स्मृति दिवस मनाइन्छ। यस दिन आपतकलीन सडक दुर्घटनामा परेकाहरुको उद्दार सेवामा संलग्न सबैप्रति पनि आभार प्रकट गरिन्छ। साथै यस दिनलाई परिवार, समुदाय र देशहरुले भोगिरहेको एक दैनिक विपत्तिको आर्थिक भारको समीक्षा गर्ने र सडक दुर्घटनाहरुलाई रोक्ने उपायबारे पनि सोच्ने अवसरका रुपमा लिइन्छ।

_x000D_ _x000D_

सडकमा हुने मृत्यु र चोटपटकहरु अकस्मात् हुने तर पीडादायी घटना हुन्। यिनीहरुको प्रभाव लामो समयसम्म वा स्थायी रुपमा रहिरहन्छ। प्रत्येक वर्ष विश्वभरिबाट दसौं लाख नयाँ पीडितहरु यस समस्याबाट पहिलेदेखि नैं शोकसन्तप्त करोडौं मानिसहरुका समूहमा थपिन्छन्। यस समस्याबाट पीडितहरु सबैको संख्या विकराल छ। सडक दुर्घटनामा बर्सेनि मर्नेको औसत संख्या १२ लाख ५० हजार छ, १० वर्षको संख्यालाई जोड्दा यो १ करोड २५ लाख हुन आउँछ भने घाइते मात्रको संख्या ५० करोड जति हुन जान्छ। छैन त यो संख्या भयानक!

_x000D_ _x000D_

यति ठूलो संख्यामा हताहती गरिरहेको सडक दुर्घटनाबाट धेरैजसो पीडितहरु युवा उमेरका हुने भएकाले उनीहरु वा उनीहरुका आफन्तले अनुभव गर्ने शोक र संकट अझै विकराल छ।

_x000D_ _x000D_

यो विशेष स्मृति दिवसले सडक दुर्घटनाका पीडितहरुका चरम आवश्यकताहरुको सम्बोधनका लागि उनीहरुले भोग्नुपरेको क्षति र पीडाका विरुद्ध सार्वजनिक प्रतिक्रिया जनाउने अभिप्राय राखेको हुन्छ। यो स्मृति दिवस सरकार, सडक दुर्घटना रोकथाम वा दुर्घटनापश्चातको उद्दार कार्यमा संलग्न सबैका लागि माध्यम पनि बनेको छ। किनभने यस दिनले सडकमा भइरहेको मृत्यु र घाइतेको विशाल आकार र प्रभावलाई प्रदर्शन गर्ने र तत्कालमा आवश्यक कार्यबारे चेतना फैलाउने अवसर प्रदान गर्दछ। हरेक वर्ष मनाइने स्मृतिदिवसमा उक्त दिन वा अघि–पछिका दिनमा किसिम किसिमका कार्यक्रमहरु आयोजना गरिन्छन्। 

_x000D_ _x000D_
_x000D_

यस वर्षको स्मृति दिवसको विषय वा नारा 'सडकहरुका पनि कथाहरु छन्' रहेको छ। यो विषय वा नारा सडक सुरक्षाका लागि कार्यको दशक २०११–२०२० को विश्वव्यापी योजनाको स्तम्भ २– सुरक्षित सडकहरु र गतिशीलतामा आधारित छ।

_x000D_
_x000D_ _x000D_

केही वर्षयता नेपालमा पनि यो स्मृति दिवस संयुक्त रुपमा मनाउन सुरु गरिएको छ। नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (NASA Nepal), स्वतन्त्रता अभियान (SAN), नेपाल एकिकृत सामाजिक विकास र अनसन्धान संस्था (ISDRI), सुरक्षित र दिगो यात्रा नेपाल (STS Nepal) जस्ता सडक सुरक्षाको पक्षपोषण गर्ने अग्रणी संस्थाहरुले सरकारी र गैरसरकारी संस्थाहरुसँग मिलेर ‘विश्व सम्झना दिवस’को रुपमा मनाउँदै आएका छन्। 

_x000D_ _x000D_

यस वर्ष मंसिर २ गते आइतबारका दिन सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा दर्जनौं संस्थाहरु सामूहिक रुपमा यो दिवस मनाउँदैछन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‍हेमन्त तिवारी/ SSTNepal को फेसबुकबाट लिइएको तस्बिर

_x000D_ _x000D_
_x000D_

स्मृति दिवसको इतिहास
_x000D_ यस स्मृति दिवसको इतिहास २५ वर्ष भएको छ। सर्वप्रथम सन् १९९३ मा सडक दुर्घटना पीडितहरुका लागि संगठनहरुले सडक यातायात दुर्घटना पीडितहरुको युरोपियन महासंघ (FEVR) अन्तर्गत पहिलो युरोपियन स्मृति दिवसको आयोजना गरेका थिए। त्यसपछिको छोटो अवधिमै यस अन्तर्गत दक्षिण अफ्रिका, दक्षिण अमेरिका र एसियाका गैरसरकारी संस्थाहरु पनि सामेल भएपछि यसले विश्व स्मृति दिवसको रुप लिएको हो। त्यसकारण यातायात दुर्घटना पीडितहरुको युरोपियन महासंघ विश्व स्मृति दिवसको सर्जक संस्था हो। 

_x000D_ _x000D_

सन् २००० देखि इसाई धर्मगुरु (पोप) तथा अन्य धार्मिक नेताहरुले पनि नोभेम्बर महिनाको तेस्रो आइतबारका दिन सडक दुर्घटनाका पीडिहरुको स्मरण गर्न र यसलाई विश्व दिवस भन्न थालेको हो।
_x000D_  

_x000D_ _x000D_

सन् २००५ अक्टोबर २६ का दिन संयुक्त राष्ट्रसंघको महासभाले यस विश्व दिवसलाई 'सडक यातायात दुर्घटनाका पीडिहरु र उनीहरुका परिवारजनप्रतिको उचित अभिस्वीकृत'; का रुपमा अपनाएको हो।

Xtrem

Xtrem
_x000D_ _x000D_

यस वर्षको स्मृति दिवसको विषय वा नारा 'सडकहरुका पनि कथाहरु छन्' रहेको छ। यो विषय वा नारा सडक सुरक्षाका लागि कार्यको दशक २०११–२०२० को विश्वव्यापी योजनाको स्तम्भ २– सुरक्षित सडकहरु र गतिशीलतामा आधारित छ। यस स्तम्भ २ को उद्देश्य भौतिक पूर्वाधारहरुको मूल्यांकन र उन्नत योजना, बनावट, निर्माण र सञ्चालनका माध्यमले सबै सडक प्रयोगकर्ताहरु, विशेषगरी उच्च जोखिममा रहेका वा असुरक्षित वर्गका सडक प्रयोगकर्ताहरुको सुरक्षा वृद्धि गर्नु र सडक सञ्जालको गुणस्तरमा सुधार ल्याउनु रहेको छ।  

_x000D_ _x000D_

नेपालमा स्मृति दिवसको सान्दर्भिकता 
_x000D_ पैदलयात्रु, साइकलयात्रु र मोटरसाइकल यात्रुहरुलाई सबैभन्दा कमजोर वा असुरक्षित वर्गका सडक प्रयोगकर्ताहरुको रुपमा लिइन्छ। देशमा भएका सडकहरुमा यस वर्गका सडक प्रयोगकर्ताहरुको सुरक्षालाई उच्च प्राथमिकता दिएर सके जतिको पूर्वाधार संरचनाहरु बनाउनु राज्यको कर्तव्य हुन्छ। तर नेपालमा नीति निर्माता र सडक निर्माणमा संलग्न निकायहरुले यसतर्फ भरखरै मात्र सोच्न थालेका छन्। सडकको अवस्था मूल्यांकन गर्ने संस्था इन्टरनेसनल रोड एसेसमेन्ट प्रोग्राम (iRAP) ले हालै प्रकाशित तथ्यांकहरु हेर्दा उच्च जोखिममा रहेका वा असुरक्षित सडक प्रयोगकर्ताहरुको सडकमा सुरक्षाको स्थिति भयावह छ।

_x000D_ _x000D_

बाहन चालक
_x000D_ —नेपालका सडकहरुमा ९८ प्रतिशत चौबाटोहरुमा कुनै गोलघुम्ती (राउन्डअबाउट), बाहन घुमाउनका लागि सुरक्षित गरिएका वा लेन बदल्ने सुविधा छैन। सडकमा बाहनको गति ६० किमि प्रतिघन्टा वा बढी तोकिएको हुन्छ।

_x000D_ _x000D_

पैदलयात्रु
_x000D_ —नेपालमा भएका सडकखण्डहरु (क्यारिजवे) मध्ये ९३ प्रतिशतमा पैदलयात्रुका लागि फुटपाथ छैनन्, र त्यहाँ बाहनको गति ४० किमि प्रतिघन्टा वा बढी हुन्छ।
_x000D_ —नेपालमा भएका सडकखण्डहरु (क्यारिजवे) मध्ये ९७ प्रतिशतमा पैदलयात्रुका लागि सडक पार गर्ने सुरक्षित क्रसिङ छैनन् र त्यहाँ बाहनको गति ४० किमि प्रतिघन्टा वा बढी हुन्छ।
_x000D_ —नेपालमा भएका पैदलयात्रुले सडक पारगर्ने ९६ प्रतिशत क्रसिङहरुमा उचित संकेत वा व्यवस्थापन गरिएको छैन।

_x000D_ _x000D_

मोटरसाइकल यात्रु
_x000D_ —नेपालमा भएका सबै सडकखण्डहरु (क्यारिजवे) मध्ये कुनैमा पनि मोटरसाइकलको लागि कुनै सुविधा छैन र त्यहाँ बाहनको गति ६० किमि प्रतिघन्टाभन्दा वा बढी हुन्छ।
_x000D_ —नेपालका सडकहरुमा ९८ प्रतिशत चौबाटोहरुमा कुनै गोलघुम्ती (राउन्डअबाउट), बाहन घुमाउनका लागि सुरक्षित गरिएका वा लेन बदल्ने सुविधा छैन। सडकमा बाहनको गति ६० किमि प्रतिघन्टा वा बढी हुन्छ।

_x000D_ _x000D_

साइकलयात्रु
_x000D_ —नेपालमा भएका सबै सडकखण्डहरु (क्यारिजवे) मध्ये साइकलयात्रीले प्रयोग गर्ने सडकहरुमा कतै पनि साइकलको लागि छुट्टै लेनको व्यवस्था छैन र त्यहाँ बाहनको गति ४० किमि प्रतिघन्टा वा बढी हुन्छ।
_x000D_ स्रोत : iRAP Vaccine for roads IV: The iRAP Big Data Tool, available at https://www.vaccinesforroads.org/irap-big-data-tool/

_x000D_ _x000D_
_x000D_

नेपालले सडक दुर्घटनाका कारण बर्सेनि ८० करोड अमेरिकी डलर (८० अर्ब रुपैयाँभन्दा माथि) गुमाइरहेको आंकलन गरेको छ। यो रकम राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत हो। दुर्घटनाका मृतक र गम्भीर घाइतेको संख्यामा विगत तीन वर्षमा भएको वृद्धिलाई ध्यानमा राख्ने हो भने यो रकम अझै बढी हुन सक्छ।

_x000D_
_x000D_ _x000D_


_x000D_ iRAP ले सन् २०१५ का सडक दुर्घटनामा मृत्यु र गम्भीर घाइतेको संख्या (५६,५५६ जना) लाई आधार मानेर नेपालको लागि तयार गरेको लागत–लाभका हिसाबले सडक सुधारका लागि तयार पारेको योजना (business case) अनुसार नेपालले सडक दुर्घटनाका कारण बर्सेनि ८० करोड अमेरिकी डलर (८० अर्ब रुपैयाँभन्दा माथि) गुमाइरहेको आंकलन गरेको छ। यो रकम राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत हो। दुर्घटनाका मृतक र गम्भीर घाइतेको संख्यामा विगत तीन वर्षमा भएको वृद्धिलाई ध्यानमा राख्ने हो भने यो रकम अझै बढी हुन सक्छ।

_x000D_ _x000D_

सोही प्रतिवेदनले समाधानका लागि पनि सुझाव दिएको छ। केही वर्षको लागि निरन्तर बर्सेनि १४ करोड अमेरिकी डलर (सडक दुर्घटनाबाट गुमिरहेको आर्थिक मूल्यको १७ प्रतिशत मात्र अर्थात कुल गार्हस्थ्य उत्पादनको ०.०५ प्रतिशत मात्र) लगानी गर्ने हो भने आगामी १०–१२ वर्ष भित्रमा देशका ७५ प्रतिशत सडकहरुलाई उल्लेखनीय ढंगले सुरक्षित बनाएर बर्सेनि २ हजारभन्दा बढीको ज्यान जोगाउन र लाखौंलाई गम्भीर घाइते हुनबाट जोगाउने प्रक्षेपण गरेको छ।

_x000D_ _x000D_

यहाँ सबैभन्दा उल्लेखनीय तथ्य के छ भने राज्यले गर्ने भनिएको त्यो लगानी केवल कल्याणका लागि नभई निकै उच्च आर्थिक प्रतिफल पनि दिने ठोकुवा गरेको छ। यस अनुसार प्रत्येक रु १ लगानीबाट नेपालले २० वर्षभित्रमा रु ४३ बराबरको प्रतिफल प्राप्त गर्नेछ। कतिपय अन्य मुलुकका लागि यो प्रतिफल जम्मा रु ८ मात्र रहने भनिए पनि नेपालको लागि उच्च हुने मानिएको छ।

_x000D_ _x000D_

कतिपय यस्ता आँकलन केवल संख्यामा आधारित गणितीय सूत्रबाट स्वचालित हिसाब हुन्छन् तर नेपालको सन्दर्भमा भने ] iRAP को यो निकै भरपर्दो तथ्य हो भन्न सकिन्छ। किनभने iRAP का एसिया प्रशान्त क्षेत्रका लागि प्रमुख कार्यकारी रब म्याक्किनरनेसँग एक सम्मेलनमा पंक्तिकारको परिचय हुँदा उनले मुखाग्र नेपालको सडक सुधारको आर्थिक सम्भाव्यताबारे जुन जानकारी दिए त्यो केवल गणितीय तथ्यमात्र थिएन।

_x000D_ _x000D_

अतः सडक दुर्घटनाका पीडिहरुका लागि विश्व स्मृति दिवसको अवसरमा यस क्षेत्रमा कार्यरत सबै साझेदारहरु र अगुवाबीच विभिन्न खालका सूचना, अनुभव र सकारात्मक तथा चुनौतीका विषयमा पनि छलफल गरिए भविष्यमा धेरैभन्दा धेरै मानिसलाई सडक सुरक्षाले सहयोग पुर्याउने आशा गर्न सकिन्छ।

_x000D_ _x000D_

[यस लेखमा धेरैजसो जानकारी विश्व स्वास्थ्य संगठन  (WHO), विश्व स्मृति दिवस (WDR) र सडक मूल्यांकन संस्था (iRAP) का वेबसाइटहरुबाट अनुदित गरिएका छन्।]

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्