जनकपुरधाम- धनुषामा गए राति छुरा प्रहार गरी एक वृद्धको हत्या गरिएको छ। धनुषाको विदेह नगरपालिका वडा-५, मुडिबा बस्ने ६७ बर्षीय मानैर ठाकुर बडहीको हत्या भएको ईलाका प्रहरी कार्यालय खजुरीले जानकारी दिएको छ। घर नजिकै रहेको सामुदायिक विद्यालय पछाडिको खाल्डोमा कपडाले बेरिएको अवस्थामा बडहीको शव फेला परेको थियो।
_x000D_
_x000D_
स्थानीयहरूले खाल्डामा विक्षिप्त अवस्थाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। कपडामा बेरिर फालिएको र माथिबाट घाँसले छोपेको अवस्थामा फेला परेको हो।
_x000D_
_x000D_
शवको प्रकृति हेर्दा आँखा, कान र कन्चटमा छुरा प्रहार भएको र हातमा समेत धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज शेषराज थन्दारले हत्या कसले र किन गरेकोबारे अनुसन्धान भईरहेको बताए।
_x000D_
_x000D_
पोष्टमार्टमका लागि मृतकको शव जनकपुर अञ्चल अस्पताल पठाइएको छ।
_x000D_
_x000D_
के भन्छ परिवार?
_x000D_
_x000D_
गाउँकै एक व्यक्तिले हत्या गरेको हुन सक्ने मृतककी पत्नीले बताएकी छन्। केही महिनाअघि मात्र स्थानीय लक्ष्मी मण्डलकी श्रीमती हत्या काण्डमा फरार भई हाल धनुषा जिल्ला अदालतबाट तारेखमा रिहा भएका बहादुर मण्डलले हत्या गरेको हुन सक्ने बताइन्।
_x000D_
_x000D_
लक्ष्मी मण्डलकी श्रीमती हत्याकाण्डकै बकपत्रका लागि मृतक ठाकुर शुक्रबार धनुषा जिल्ला अदालत जाने तयारीमा रहेका थिए। गत आईतबार मात्र बहादुर मण्डल र बडहीबीच बकपत्रलाई लिएर भनाभन भएको थियो।
_x000D_
_x000D_
अदालतमा बकपत्र नदिन मण्डलले धम्की दिँदै अाएका थिए। अदालतमा बकपत्र दिए ज्यान मार्ने धम्की मण्डलले दिएको मृतक ठाकुरकी पत्नीले बताईन्।
_x000D_
_x000D_
बुधबार साँझदेखि हराएका ठाकुर बिहान घर नजिकैको समुदायिक विद्यालय छेउको खाल्डोमा मृत अवस्थामा फेला परेको हो। ठाकुर दाउरा लिन विद्यालय नजिकैको मैदान गएका थिए। अबेरसम्म नआएपछि उनलाई खोज्न घरबाट उनका छोरा र बुहारीहरु बाहिर निस्किए तर रातभरि खोजे पनि पत्ता लागेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।