काठमाडौँ– पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महिना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पारे।
_x000D_
_x000D_
कोठाका लागि उनले १ हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनिता घिमिरे) ले कोठा नसर्दै सागरको जात सोधे।
_x000D_
_x000D_
सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै कोठाको व्यवस्था गर्न आग्रह गरे।
_x000D_
_x000D_
त्यसैगरी चितवनका प्रदीप विश्वकर्माले गौशाला क्षेत्रमा कोठा चाहिएर सोध्न जाँदा प्रत्येकजसो घरमा सुरुमै थर (जात) सोध्ने गरेको गुनासो गरे। 'जहाँ कोठा खोज्न गए पनि सुरुमै घरबेटीले बाबु कुन थरको हो, भनेर सोध्छन्, म विश्वकर्मा हो भन्ने बित्तिकै कोठा त छैन बाबु भन्छन्', उनले भने।
_x000D_
_x000D_
दलित भएकै कारण राजधानी कोठा भाडामा नपाउने सागर र प्रदीप उहाहरण मात्रै हुन्। दलित घरमा बसेपछि घर अपवित्र हुने वा घर छोइने भन्दै गैरदलित घरबेटीले विभिन्न बहाना बनाएर प्रत्यक्ष वा अप्रत्यक्ष विभेद गरिरहेका हुन्छन्।
_x000D_
_x000D_
हुन त दलित समुदायका लागि यो नौलो समस्या होइन। आर्थिक, सामाजिक र सांस्कृतिरूपमा सदियौँदेखि पछाडि पारिएको उक्त समुदाय पहिलेदेखि नै जातीय भेदभाव तथा छुवाछूतको मारमा पर्दै आएको छ।
_x000D_
_x000D_
दलित अधिकारकर्मी पम्फा परियारले प्रत्यक्ष वा अप्रत्यक्ष छुवाछूत गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारवाही गर्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ मा कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिए पनि ऐनअनुरुप कुनै पनि दोषीलाई कारवाही हुनसकेको छैन।
_x000D_
_x000D_
ऐनमा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेसाका आधारमा काम गरे वा गराएका जातीय भेदभाव वा छुवाछूत गरेको मानिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।