राँझा– बाँकेमा आज बिहानैदेखि सुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन।
_x000D_
_x000D_
हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुननसकेको हो। बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पाण्डेले बताए।
_x000D_
_x000D_
सानो जहाज उडानका लागि १ हजार ६ सयदेखि २ हजारसम्म र ठूला जहाजका लागि २ हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ।
_x000D_
_x000D_
अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ रहेको छ भने न्यूनतम तापक्रम १३.५ रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख पाण्डेले जानकारी दिए। 'मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन। यो क्रम केही दिनसम्म रहने सम्भावना छ', उनले भने।
_x000D_
_x000D_
नेपालगञ्ज विमानस्थल सुरक्षा इन्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहानपख हुने कर्णाली क्षेत्र र काठमाडाैंका उडान हुननसकेको जानकारी दिए।
_x000D_
_x000D_
नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौँका लागि उडान हुने गर्दछ। मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।