विराटनगर– करेन्ट लगाएर माछा मार्न खोज्दा सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ।
_x000D_
_x000D_
घरबाट तार टाँगेर बुढीखोलामा जडान गर्न खोज्दा स्थानीय सरदार टोल बस्ने १८ वर्षीय सन्जय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ।
_x000D_
_x000D_
मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।