लुम्बिनी– भगवान् गौतमक बुद्धको जन्मस्थल लुम्बिनी पहिलोपटक त्रिपिटक वाचन सुरु भएको छ। यसअघि भारतमा मात्र हुने त्रिपिटक वाचन यस वर्ष नेपालमा पनि सुरु गरिएको अखिल नेपाल भिक्षु महासंघले जानकारी दिएको छ।
_x000D_
_x000D_
तीन दिनसम्म गरिने त्रिपिटक वाचनले नेपालको पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान गर्ने महासंघले जानकारी दिएको छ। त्रिपिटक बौद्धधर्मावलम्बीको मुख्य धार्मिक ग्रन्थ हो।
_x000D_
_x000D_
बुधबार लुम्बिनीमा र्यालीसहित एक समारोह आयोजना गरी मायादेवी मन्दिरमा त्रिपिटक वाचनको शुभारम्भ गरिएको हो। त्रिपिटक वाचनमा नेपाल सहित थाइल्याण्ड, कम्बोडिया, चीन, भियतनाम, कोरिया, जापानलगायत विभिन्न १८ देशका ७ सयभन्दा बढी बौद्ध भिक्षुभिक्षुणी, उपासकको सहभागिता रहेको आयोजक अखिल नेपाल भिक्षु महासंघका स्थानीय सचिव चेतन पन्तले जानकारी दिए।
_x000D_
_x000D_
धम्मपिटक, सुत्तपिटक, विनयपिटकलाई त्रिपिटक भनिन्छ। पाली, देवनागरी र थाई भाषा आदिमा त्रिपिटक वाचन गरिने आयोजकले बताएको छ। लुम्बिनीको अध्यात्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने स्थानिय सचिव पन्तले बताए ।
_x000D_
_x000D_
अमेरिकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा त्रिपिटक वाचन सुरु गरिएको हो। विगत १५ वर्षदेखि भारतमा मात्रै हुँदै आएको त्रिपिटक वाचन लुम्बिनीमा सुरु भएसँगै लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व थप बढ्ने र पर्यटकहरुको अवागमनमा वृद्धि हुने विश्वास लिइएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।