काठमाडौं– १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
_x000D_
_x000D_
उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए। पछि आफैंले टिभी किनेर ल्याएकाले सो बापतको १ लाख ४० हजार रुपैयाँ दिनु भनि घुस लिँदा–लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।
_x000D_
_x000D_
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले सोही उपदफाको (घ) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।