काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ नजिक गए राति सडक दुर्घटनामा परि गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ।
_x000D_
_x000D_
बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएकी थिइन्। उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ।
_x000D_
_x000D_
ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।