बैतडी– जात्रामा गएका एक व्यक्तिकाे प्रहरीलाई देखेर भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको छ। बैतडीको सिगास गाउपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्ताजी २० वर्षीया वीरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो।
_x000D_
_x000D_
मेलामा कुनै गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोलीले जाँचबुझ गर्न जाँदा एक्कासी भागदौड हुँदा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता कान्तिराज जोसीले जानकारी दिए। अन्य ३ जना घाइते भएका छन।
_x000D_
_x000D_
भूमिराज मन्दिरमा लागेको रतेडी मेलामा मन्दिरबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष शेर सिंङ बाेहराले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार त्यहाँ जुवा–तास खेल्नेहरूको अखडा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।