बर्दिवास– महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ ।
_x000D_
_x000D_
सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अर्घ दिँदै छठ सम्पन्न गरेका हुन्। सप्तमीका दिन बिहान सूर्यलाई दिइने अर्घलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ।
_x000D_
_x000D_
मंगलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका थिए। साँझको सूर्यलाई दिइने अर्घलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ।
_x000D_
_x000D_
सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ। आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन्।
_x000D_
_x000D_
छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम सुरु भएको छ।
_x000D_
_x000D_
छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ।
_x000D_
_x000D_
मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोसेली पठाउने चलन छ।
_x000D_
_x000D_
यसरी पठाइने कोसेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महिना दिनभर चलिरहन्छ।
_x000D_
_x000D_
सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ। लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।