बाँके– नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाको हालसम्म करिब ७५ प्रतिशत काम सकिएको छ।
_x000D_
_x000D_
क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करिब एक वर्ष ढिलाइ भएको थियो।
_x000D_
_x000D_
आठ महिना अघि मात्र निर्माण कार्यले गति लिएको हो। आयोजनाका परामर्शदाता प्रकाशराज शिवाकोटीका अनुसार फोहर जोख्ने उपकरण राख्ने स्थान, गिट्टी भर्ने, विद्युतीकरणलगायत काम बाँकी छ।
_x000D_
_x000D_
'यी सबै काम दुई महिनाभित्र गरी सक्नुपर्छ', उनले भने। मुख्य पूर्वाधार निर्माणका काम सकिएको छ। हाल फोहर भण्डारण गर्ने चार सेलमा गिट्टी भर्ने काम भइरहेको छ।
_x000D_
_x000D_
उपकरण आपूर्ति गर्नुपर्ने काम बाँकी रहेको शिवाकोटीले बताए। निर्माणको जिम्मा पाएको ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौं’ले अबको दुई महिनाभित्र सक्ने गरी काम गरिरहेको छ।
_x000D_
_x000D_
विसं २०७३ भदौमा सुरु भएको सो आयोजना २०७४ माघसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको छ।
_x000D_
_x000D_
ल्याण्डफिल्ड साइट निर्माण पूरा भएपछि एक वर्षसम्म फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ।
_x000D_
_x000D_
नेपालगञ्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुन्छ। ल्याण्डफिल्ड साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्न सकिनेछ।
_x000D_
_x000D_
बाँकी फोहर व्यवस्थापनको उपाय खोजिनेछ। फोहर विसर्जन गर्ने स्थान नहुँदा उपमहानगरपालिकाले जहाँ खाली ठाउँ पायो त्यहीँ फाल्ने गरेको छ।
_x000D_
_x000D_
एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, सहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल ३३ करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको हो।
_x000D_
_x000D_
ल्याण्डफिल साइट सञ्चालनमा आए यहाँको फोहरमैला व्यवस्थापन गर्न सहज हुने नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनीयर प्रकाश डिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।