सोलुखुम्बु– खुम्बु क्षेत्रको भ्रमणमा रहेका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ। 
_x000D_
_x000D_
मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए। 
_x000D_
_x000D_
लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो। गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए। मृत्युको कारण भने खुल्न सकेको छैन। 
_x000D_
_x000D_
आइतबार मात्र सोही गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर मृत्यु भएको थियो। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।