काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउन घुस लिने उच्च सरकारी वकिल कार्यालय, पोखराका सह-न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
_x000D_
_x000D_
मंगलबार अख्तियारले थापा विरुद्ध पाँच लाख बिगो, सोही बराबरको जरिवाना र कैद सजाय हुनुपर्ने माग गरेको छ।  कास्कीका सह-न्यायधिवक्ता थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग पाँच लाख घुस लिँदालिँदै पक्राउ परेका थिए।
_x000D_
_x000D_
अख्तियारले विशेष सूचनाका आधारमा थापालाई असोज २४ गते घुस रकमसहित नियन्त्रणमा लिएको थियो। 
_x000D_
_x000D_
थापाविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।