काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन्। कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउदो सूर्यलाई अर्घ्यजल चढाएर पूजा गरेकी हुन्।
_x000D_
_x000D_
राष्ट्रपतिले पूजा गरेसँगै घाटमा रहेका भक्तजनहरूको पूजा सुरु भएको थियो। भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकन समेत गरेकी थिइन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।