काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले तराइ मधेस रक्षाका लागि चुरे संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताएका छन्। 
_x000D_
_x000D_
सप्तरीको तिलाठी कोइलाडी आयोजित एक कार्यक्रममा उनले चुरे संरक्षण आवश्यक रहेको उल्लेख गरेका हुन्। ‘चुरे दोहनकै कारण तिलाठी–कोइलाडी जस्ता तराई–मधेसका ठाउँ डुबानमा पर्ने गरेका छन्’ उनले भने। पूर्वराष्ट्रपति यादव चुरे संरक्षण अभियानमा विशेष चासो राख्दै आएका छन्। 
_x000D_
_x000D_
मुलुक निर्माणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका यादवले सञ्चार माध्यम लोकतन्त्रको लागि अक्सिजन भएको बताएका थिए। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।