काठमाडौं– नेपाल भ्रमण वर्ष सफल बनाउन अावश्यक सहयोग गर्न चीन तयार गरेको बताएको छ।  नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री ल्यु सुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेट गरी नेपालको पर्यटन क्षेत्रमा आवश्यक लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 
_x000D_
_x000D_
सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले आग्रह गरेका थिए। 
_x000D_
_x000D_
‘पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री सुगांगले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक छ’, भेटपछि मन्त्री अधिकारीले भने। 
_x000D_
_x000D_
काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आएका मन्त्री सुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। 
_x000D_
_x000D_
मन्त्रीस्तरीय भेटवार्तामा नेपालका लागि चिनियाँ राजदुत यू होङको पनि उपस्थिति रहेको थियो।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।