काठमाडौं– सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेकी स्वास्थ्य सचिव डा पुष्पा चौधरी नियमित स्वास्थ्य मन्त्रालय जान थालेकी छिन् । सरुवा पछि अदालतको स्टे अर्डर पाएर मन्त्रालय फर्केको उनले बताए पनि   सरकारले भने स्वास्थ्य सचिवका रुपमा स्वीकारेको छैन। 
_x000D_
_x000D_
उनी मन्त्रालय आउन थालेपछि मन्त्रालयको सचिवका रुपमा कामकाज गर्ने आधिकारिक जिम्मेवारी प्रमुख विशेषज्ञ डा सुशिल प्याकुरेललाई दिइएको छ । स्वास्थ्य सचिवका रुपमा उनी मन्त्रालयमा हाजिर  हुन थालेपछि प्रशासनले विद्युतीय हाजिरीको लाइन काटेको थियो ।  तर, मंगलबार उनी आफैंले मन्त्रालयका तल्लो तहका कर्मचारीलाई दबाब दिएर फेरि जोड्न लगाएकी छिन्।
_x000D_
_x000D_
स्वास्थ्य सचिवको जिम्मेवारी पाइनसकेकी उनी भने स्वास्थ्य सचिवकै हैसियतमा कार्यकक्षमा रहन थालेकी छिन् । सरकारले स्वास्थ्य सचिवको जिम्मेवारी दिइनसकेको अवस्थामा पनि मन्त्रालयमा हाजिर हुनु र मन्त्रालय अन्तर्गतका कर्मचारीलाई विभिन्न कामका लागि दबाब दिनु अख्तियारको दुरुपयोग भएको एक कर्मचारीले बताए । यस विषयमा डा चौधरीले भने प्रतिक्रिया दिन चाहेकी छैनन्। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।