दाङ– दाङमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
_x000D_
_x000D_
पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा लु २१ प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 
_x000D_
_x000D_
दुर्घटनामा परि प्यूठानको माण्डवी गाउँपालिका वडा नं. १ कुमलटारका २० वर्षीय कमल अधिकारी गम्भीर घाइते भएको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए। 
_x000D_
_x000D_
दाङमा प्रारम्भिक उपचारपछि गए राति नै अधिकारीलाई बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन सकेको छैन।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।