गलेश्वर– देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन्।
_x000D_
_x000D_
रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर ६ लाख ५० जुटाएका छन्। सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन्।
_x000D_
_x000D_
आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसीभैलोमार्फत उक्त रकम जुटाएका शिक्षक यामप्रसाद विश्वकर्माले बताए।
_x000D_
_x000D_
'मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,' उनले भने, 'निजी स्रोतका शिक्षकको तलबभत्तामा वार्षिक १० लाख खर्च हुन्छ।' विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ।
_x000D_
_x000D_
लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताए।
_x000D_
_x000D_
मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक निजी स्रोतका छन्। आधारभूत तहमा समेत समस्या छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।