बाजुरा– जिल्लाका अधिकांश युवा दसैं तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन्।
_x000D_
_x000D_
चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न सहर जानेको लर्को लाग्ने गरेको छ।
_x000D_
_x000D_
खेतबारीको उब्जनीले केही महिना मात्र पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका हुन्। दसैं तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्किन थालेका छन्।
_x000D_
_x000D_
सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताए।
_x000D_
_x000D_
गाउँघर फेरि सुनसान बन्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।