दार्चुला– महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल बिजुली बाल्न पाएका छन्। गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो।
_x000D_
_x000D_
सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले बिजुली बाल्न पाएका थिएनन्।
_x000D_
_x000D_
वरपरका गाउँमा यसअघि नै बिजुली बलेको थियो। साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीन पोल गाउँमा पुर्याएका थिए। गाउँमा पोल पुर्याए पनि बिजुली बाल्न भने सकिएको थिएन।
_x000D_
_x000D_
'ठेक्का भयो, छिमेकी गाउँमा बिजुली बल्यो, नजिकैको मूल्लामा बिजुली बाल्न सकिएन,' साहुले भने। छिमेकी गाउँका बासिन्दाले बिजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो।
_x000D_
_x000D_
अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफैंले ६ पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा बिजुली बालेका छन्। पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी बापतको रकम आफैले तिरेको बताउँछन्।
_x000D_
_x000D_
मैखौलीमा डेढ महिनाअघि विद्युत् पुग्यो। मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए। अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन्।
_x000D_
_x000D_
स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन्। महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले हालै गाउँमा बिजुली बत्तिको उद्घाटन गरे।
_x000D_
_x000D_
महाकाली नगरपालिका– २ का बासिन्दाले यसै वर्षदेखि टेलिफोन सेवा समेत पाएका छन्। जिल्लामा २०६४ सालमै अधिकांश क्षेत्रमा मोबाइल फोन सेवा विस्तार भएको थियो।
_x000D_
_x000D_
नगर प्रमुख भट्टले छिट्टै सो बस्तीलाई सडक सञ्जालसँग जोड्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।