जनकपुरधाम– धनुषामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ६५ वर्षीया चन्द्रकला देवी रहेको छिन्।
_x000D_
_x000D_
जनकपुरको माछा बजार भएर बसहिया जाने बाटोमा तीब्र गतिमा आएको लट नम्बर नखुलेको ८९२७ नम्बरको पल्सर मोटरसाइकलले सोमबार साँझ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए। ठक्कर दिएको मोटरसाईकल चालकसहित फरार छ।
_x000D_
_x000D_
चालक तथा मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतक महिलाको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।