सुरुङ्गा– झापाको दमकमा आज चार वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार दमक–९ घर भई कमल खतिवडाको घरमा डेरा गरी बस्ने शनि साहकी छोरी सञ्चला साहको डुबेर मृत्यु भएको हो।
_x000D_
_x000D_
घर नजिकै खेल्ने क्रममा उनको नालीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खेलिरहेकी बालिका नालीमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी तत्काल दमकस्थित आम्दा अस्पताल लगेपनि उनको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।