जनकपुर– जनकपुरको रमानन्द चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने क्रममा ६ जना पक्राउ परेका छन्।
_x000D_
_x000D_
सोमबार अपरान्ह रामानन्द चोकमा प्रधानमन्त्रीको पुतला दहन गरिरहेका नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थी पक्राउ परेका हुन्।
_x000D_
_x000D_
पक्राउ पर्नेमा नेविसंघका धनुषा सभापति सुहित मिश्रसहित भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादव रहेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
पुतला दहन गर्ने क्रममा आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच विवाद उत्पन्न भएपछि उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। पक्राउ परेका सबै विद्यार्थीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, धनुषामा राखिएको छ।
_x000D_
_x000D_
त्यसैगरी, महोत्तरीको सदरमुकाम जलेश्वरमा पनि आज बिहान प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको छ। सदरमुकाम जलेश्वरको दुर्गा चोकमा नेविसंघ महोत्तरीले प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो।
_x000D_
_x000D_
काभ्रे जिल्लाका नेविसंघ सभापतिलाई कुकुर तिहारका दिन समाजिक सञ्जालमा प्रधानमन्त्रीको विरोधमा अभिव्यक्ति प्रकाशित गरेको भन्दै प्रहरीले प्रकाउ गरेको र अहिलेसम्म हिरासत मै राखेकाले मूुलुकका ७७ वटै जिल्लामा नेविसंघले पुत्ला दहन गरेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।