काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले घुँडा जोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। नेपाल मेडिसिटी अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी देशव्यापी रुपमा घुँडा जोर्नीसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको जानकारी गराएको हो।
_x000D_
_x000D_
ललितपुरको भैंसेपार्टीस्थित अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक डा. विजय रिमालले बुधबार हेटौंडाबाट सुरु हुने स्वास्थ्य परीक्षण पुस २६ गते नेपालगंजमा पुगेर समापन हुने जानकारी दिनुए।
_x000D_
_x000D_
'देशका मुख्य–मुख्य सहरहरु वीरगंज, जनकपुर, धरान, दमक, बुटवल, पोखरा र कैलालीमा पनि घुडाको निःशुल्क परीक्षण गरिनेछ,' पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक रिमालले भने। स्वास्थ्य परीक्षणका लागि अस्पतालका हाड जोर्नी विशेषज्ञहरु सहभागी हुने पनि अस्पतालले जनाएको छ।
_x000D_
_x000D_
अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गराएका बिरामीलाई अस्पतालमै झिकाएर शल्यक्रिया गर्ने योजना पनि बनाएको छ। प्रबन्ध निर्देशक रिमालले अस्पतालको सो सेवाबाट धेरै लाभान्वित हुने विश्वास पनि उनले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।