दार्चुला- मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उच्च माविमा अज्ञात समूहले तोडफोड गरेको छ।
_x000D_
_x000D_
विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको हो। सो घटना शुक्रबार भएको अनुमान गरिएको छ। तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले घटना ढिलो थाहा भएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए।
_x000D_
_x000D_
विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सी लगायत सामग्री तोडफोड हुनाका साथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालय समेतको ताला तोडिएको उनले बताए। तोडफोडबाट झन्डै रु २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ।
_x000D_
_x000D_
प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र शङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए। तोडफोड गरिएका कम्प्युटर लगायत उपकरण काम नलाग्ने अवस्थामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।