बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच लुम्बिनीको पर्यटन प्रवर्द्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ।
_x000D_
_x000D_
मुख्यमन्त्रीले प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव काम लाग्ने बताए। उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले राजदूतमार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरे। उनले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुसी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
राजदूत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताइन्। लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्।
_x000D_
_x000D_
उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराइन्।राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।