काठमाडौं– सरकारले मन्त्रिपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराउने भएको छ।
_x000D_
_x000D_
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भने, ‘अबदेखि मन्त्रिपरिषद्का निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको छ।’
_x000D_
_x000D_
यसअघि विशेष अवस्था बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो।
_x000D_
_x000D_
यसैबीच, निलाम्बर आचार्यलाई सरकारले भारतका लागि नयाँ राजदूतको रुपमा सिफारिस गरेको छ। आइतबार राति सकिएको मन्त्रिपरिषद् बैठकले भारतका लागि नयाँ राजदूतका रुपमा आचार्यलाई सिफारिस गर्ने निर्णय गरेको हो। उनी पूर्वराजदूत तथा इपिजी सदस्य हुन्।
_x000D_
_x000D_
यसैगरी, मलेसियाका लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (युएई) का लागि कृष्णप्रसाद ढकाल राजदूत सिफारिस भएका छन्। पाण्डे साउदी अरेबियाको राजदूत भइसकेका छन्। ढकाल भने परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।