• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रेमदेखि विवाहसम्म दीपिका र रणवीरको नालीबेली

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  ०१:४७
1140x725

नयाँ दिल्ली- सानो र लामो घाँटी भएकी युवती, टाढाबाट हेर्दा झट्ट नदेखिने सानो कोठीले झन् सुन्दरता थपेको थियो। घाँटीभन्दा तलसम्म फैलिएको कालो लामो परेली केसपास। सामान्यतया कपालले छोपिइरहने घाँटीपछाडिको भागमा खोपाएको ट्याटु पनि थियो। ट्याटुमा लेखिएको थियो,  अंग्रेजीबाट आरके। कलाकारिता कम थिएन सो ट्याटुमा। गहभरी छचल्किने गरी आँशु लिएकी यी युवती फिल्मको गीत गाइरहेकी देखिन्थिन्, 'खुदा जाने कि मैं फिदा हूं...।'

_x000D_ _x000D_

सन् २००७ मा रिलका लागि रमेश बाबुसँग एक चिम्टी सिन्दुरको मूल्य सोधेकी यी युवती त्यसको ठीक ११ वर्षपछि रियल लाइफमा सिन्दूरको मात्रा बढाउन लागेकी छन्। सिन्दूर सजाउन ट्याटु खोपाएका आरके अर्थात् रणवीर कपूरको नाम त पहिल्यै पछि हटिसकेको छ। तर अब आरएस अर्थात् रणवीर सिंहले नै सिंदूरको मूल्य मात्र हैन मात्रा समेत थप्ने भएका छन्। रणवीर सिंह अब 'बैंड बाजा र बारात' लिएर दीपिकाका घर जाने तयारीमा छन्। 

_x000D_ _x000D_

यसको मिति पनि तय भइसकेको छ, १४ नोभेम्बर। यही मिति नै किन चुनियो त? यो दिनको पनि अर्थ छ उनीहरुका लागि। १४ नोभेम्बरकै दिन पहिलो पटक दीपिका र रणवीर एकसाथ फिल्मी पर्दामा देखिएका थिए, 'राम-लीला' फ़िल्ममा। पाँच वर्ष पहिले फिल्म प्रदर्शनमा आएकै दिनको वार्षीकीलाई नै यो जोडीले लगनगाँठो जोड्ने दिनका रुपमा चयन गरेका हुन्। 

_x000D_ _x000D_

राम-लीला फिल्मको गीत 'लहू मुँह लग गया'को सुटिङका क्रममा नै यी दुई तारालाई क्यामराले एकसाथ पहिलोपटक आफ्नै सामु पाएको थियो। तर फिल्मी दुनियाका लागि अधरमा लत्पतिकएको लाल रंगले वास्तविक जीवनभर साथ पाइरहला भन्ने शायदै सोचेका थिए होला यी दुई हस्तीले।

_x000D_ _x000D_

रणवीर र दीपिकाका प्रेम कहानी छोटो आलेखमा अटाउन सजिलो छैन। तर बेलामौकामा उनीहरुले एक दोस्रोका विषयमा बताएका कथाकहानीबाट यहाँ छोटो आलेख तयार पार्ने प्रयत्न गरिएको छ। 

_x000D_ _x000D_

डिप्रेसनको शिकार भइन् दीपिका, अनि आए उही नामका सिंह 
_x000D_ कुनै पनि अभिनेत्रीको प्रेम वा बिछोड भएमा सबैभन्दा पहिला हुने काम भनेकै संञ्चारमाध्यमका पाना र भित्ता भरिन्छन्। भर्खरै मात्र जवानीमा पुगेकाहरुका लागि दीपिकाको सम्झना उनको ब्रेकअपबाट नै सुरु हुन्छ भन्दा अत्युक्ति नहोला। रणवीर कपुरसँग ब्रेकअप भएपछि सामान्य अवस्थामा फर्कन दीपिकाले ठूलो मूल्य चुकाउनु पर्यो। डिप्रेसनको शिकार बन्नु पर्यो। तर उनले डिप्रेशनको कारण ब्रेकअप भएको कहिल्यै पनि बताइनन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

रणवीर कपुरसँग आफू गहिरो प्रेममा परेको भने उनले बताइसकेकी छन्। '१५ फेब्रअरी २०१४ का दिन म बिहानै उठें। वास्तवमा नै खालीपन महसुस भइरहेको थियो। अब अगाडि जाने कुनै बाटो बाँकी रहेन भन्ने मलाई लाग्यो। म रुन थालें। मलाई सोधीखोजी गरियो। कारण निजी हो कि पेशागत भनेर सोधियो?' एक कार्यक्रममा वियोगको अनुभव सुनाउँदै दीपिकाले भनेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले यो अनुभव सुनाएको समयको त्यही थियो जतिबेला दीपिका र रणवीर सिंह पर्दामा र पर्दाबाहिर पनि नजिकिन थालिसकेका थिए। यसपछि रणवीरले दीपिकालाई डिप्रेशनबाट मुक्ति दिलाउन खुलेर तारिफ गर्न थाले। 

_x000D_ _x000D_

दीपिकालाई डिप्रेशन भएको पनि रणवीरले टिभी हेरेर मात्र थाहा पाएका थिए। टेलिभिजनको एक कार्यक्रममा जब दीपिकाले आफूलाई डिप्रेशन भएको बताइन्, त्यसपछि मात्र। यसबारे रणवीरले भनेका थिए- 'दीपिकाले आफू डिप्रेशनको शिकार भएको कुरा पहिलो पटक टिभी कार्यक्रममा खुलासा गरेपछि मेरा आँखा रसाए। यसरी सार्वजनिक गर्न ठूलो हिम्मत चाहिन्छ। दीपिकाले जिन्दगीभरका लागि मलाई जितिसकेकी थिइन्।'  

_x000D_ _x000D_

लुकाइरहे प्रेमिकाको नाम
_x000D_ सुरुवाती दिनमा रणवीर नाम नलिइकन आफ्नी प्रेमिकाप्रति खुबै माया दर्शाउँथे। तर निकै समयसम्म पनि प्रेमिका को हुन् भनेर गोप्य राख्न सफल भएका थिए उनी। प्रेमिकाको प्रशंसा पनि गर्थे तर नाम नलिइकनै। उनकी प्रेमिका पत्ता लगाउन भारतीय मिडियालाई निकै खोजी गर्नु परेको थियो। जीवन उज्यालो पार्न कस्ती दीपिका( बत्ती) खोजीरहेका छन् भन्ने कुरा चाँहि धेरै कमलाई मात्र थाहा थियो। 

_x000D_ _x000D_

सिनेमा जगत् का यी दुई नक्षत्रलाई मिडियाले धेरै खोजीरहे। दुईबीचको सम्बन्धका विषयमा धेरै गोसिप बाहिरिए। दीपिका र आफूबीचको सम्बन्धका विषयमा कुरा गर्दै रणवीरले हिंदुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मुख नखोली सुख पाएनन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

मिडियामा आएका समाचार पढ्दा मलाई आफ्नो कुरा हो भन्ने नै बिर्सने र लेखाईले चाँहि आकर्षित गर्ने उनले भनेर उनले घुमाउरो उत्तर दिएर पन्छिएका थिए रणवीर। 'ओहो...अहा...क्या क्रिएटिभ। क्या लेखनशैली। पढ्दा मजा हुन्छ' उनले उल्टै लेखनशैलीको तारिफ गरेका थिए। प्रेम भने लुकाइरहे। 

_x000D_ _x000D_

तर पत्रकारले यतिमा मात्रै छोडेनन्। उनकी प्रेमिका को हुन् भनेर पत्ता लगाउनु फ्यानको चाहना पनि हुन्थ्यो। 'रणवीर कपूर र रणवीर सिंहमध्ये कसका साथमा चाँहि दीपिका राम्री देखिन्छिन्, तपाईलाई के लाग्छ?' यो उनले धेरै पटक उत्तर दिनु परेको प्रश्न थियो। जवाफमा रणवीर सिंह असिनपसिन हुन्थे र भन्थे 'निश्चय पनि...म...म।'

_x000D_ _x000D_

दीपिका-रणवीर सिंहको पहिलो भेट
_x000D_ जुलाई ६, रणवीर सिंहको जन्मदिन पर्छ। साँझको समयमा परिवारका साथ मुम्बइको एक रेस्टुरेन्टमा रणवीर खाना खाइरहेका थिए। दीपिका सोही रेस्टुरेन्टमा पुगिन्। दुबैका आँखा जुधे। उत्साही देखिएकी दीपिकाले हतारिँदै सोधिन् 'अरे, तिमी मुम्बई शिफ्ट भइसक्यौ?' दीपिकालाई रणवीर मुम्बइ नै बस्छन् भन्ने कुरा थाहा नै रहेनछ। उनलाई लाग्थ्यो, रणवीर दिल्लीका हुन्। उनीहरुबीच भएको यो नै पहिलो भेट थियो। 

_x000D_ _x000D_

दीपिका पादुकोणले हिंदुस्तान टाइम्सको एक सोमा रणवीर सिंहप्रतिको पहिलो इम्प्रेसनका बारेमा बताएकी थिइन्। 'मसँग एक जना एजेन्टको परिचय भएको थियो। ऊ रणवीरको ठूलो फ्यान थियो। रणवीर सिंह राम्रो कलाकार हो। ऊ ठूलो कलाकार बन्नेछ।' 'पछिसम्म पनि मलाई लाग्थ्यो कि रणवीर सिंह पनि खासै ठूलो कलाकार चाँहि होइन रहेछ। किनभने एजेन्टले त्यसो भनेको महिनौंपछि मात्र मैले रणवीर सिंहको फिल्म देखेकी थिएँ।'

_x000D_ _x000D_

_x000D_ _x000D_

पहिलो भेट सम्झँदै रणवीर सिंह भन्छन् 'मेरो जन्मदिन थियो। हामी खाना खाइरहेका बेला दीपिका उहीँ पुगिछन्। उनले गजबको गाउन लगाएकी थिइन्। मैले मसिनो आवाजमा परिवारका सदस्यलाई भनें- दीपिका...दीपिका। मलाई त्यहाँको खानाले एलर्जी भएको थियो। दीपिकासँग पहिलो पटक भेट हुँदा इंप्रेशन अच्छा परोस् भन्ने मेरो चाहना थियो। तर मलाई समयले साथ दिएन। रेस्टुरेन्ट हल्का उज्यालो थियो। मेरो एलर्जी लुकाउन त्यही हल्का अँध्यारोले सहयोग गर्यो। अनुहार लुकाउँदै दीपिका कुरा गरें।'

_x000D_ _x000D_

त्यही साँझ रणवीरलाई ज़िन्दगीभरका लागि पुग्ने उपहार मिल्यो। यसरी रणवीरले आफूहरुबीचको पहिलो भेटको बयान गर्दा मञ्चमै बसेकी दीपिकाको अनुहारमा चमक हराएको थियो। 

_x000D_ _x000D_

कसरी जोडिए प्रेम सम्बन्धमा?
_x000D_ सन् २०१३ मा रणवीरको स्वास्थ्यमा समस्या आयो। उनी ठीक भएपछि दिएको एक अन्तर्वार्ता निकै लोकप्रिय समेत भएको थियो। सोही वर्ष दीपिका र रणवीरको पहिलो फिल्म सार्वजनिक हुनेवाला थियो। 

_x000D_ _x000D_

रणवीरले अन्तर्वार्तामा भनेका थिए 'प्रेम गर्न मलाई पनि मन पर्छ। दुनियाको सबैभन्दा राम्रो चीज पनि यही त हो। तर दुखको कुरा, म अहिलेसम्म कसैको प्रेममा परेको छैन। मलाई एक जना युवति चाँहि खुबै राम्रो लाग्छ। योभन्दा बढी अहिले केही बोल्न चाहन्न। केजी क्लासदेखि भारत फर्केर आउँदासम्म मसँग प्रेम गर्न चाहने धेरै भेटें होला। तर प्रेम भएन।' 

_x000D_ _x000D_

_x000D_ _x000D_

यो कुरा बताएको केही दिन पछि रणवीर आफैंले भनेको कुरा पनि स्वीकार गर्न तयार भएनन्। बरु भन्दिए 'म बिरामी भएर ‌औषधि खाएका बेला बोलेको त्यो कुरा ठीक होइन।'

_x000D_ _x000D_

सोही अन्तरवार्तामा उनले दीपिकाको खुलेर तारिफ गरे। दीपिकाजीलाई हेर्नुहोस् न। फिजिकल एपियरेन्स क्या छ। तर जब स्क्रिनमा आउँछिन् कुनै कुरा नै देखाउँदिनन्। आफूतिर उनको ध्यान खिच्न कति प्रयास गरें। तर सकिएन। रियल लाइफमा उनलाई देख्छु, हेर्नबाहेक अरु केही पनि गर्नै सक्दिन।'   

_x000D_ _x000D_

उनले सो अन्तर्वार्तामा दीपिका आफ्नी प्रेमिका हुन् भनेर खुलस्त त पारेनन्। तर आजभन्दा पाँच वर्ष पहिले नै धेरैले लख भने काटिसकेका थिए, जुन कुरा आज सत्य सावित हुँदैछ। 

_x000D_ _x000D_

दीपिकाले गाउने रणवीरकै लागि मात्र हो?
_x000D_ सन् २०१५ मा आजतकका लागि दिएको एक अन्तर्वार्तामा रणवीर सिंहले दीपिकाले कसका बारेमा गीत गाउँछिन् भन्ने खुलासा गरेका थिए। 

_x000D_ _x000D_

'दीपिका पादुकोण धेरै राम्रो गाउन सक्छिन्। तर गीत गाउन उनलाई लाज पनि उतिकै लाग्छ। दीपिकाले गाएको सुन्ने सोख भएको म नै हुँ। तर जति नै प्रशंसा गरेपनि गाउनका लागि उनी राजी हुन्नन्। यो कुरा थाहा हुँदाहुँदै पनि आग्रह चाँहि गरिरहन मन लाग्छ। 

_x000D_ _x000D_

धेरैपटक आग्रह गरेपछि दीपिकाले एक सोमा दुई वटा गीतका केही हरफ गाएकी थिइन्। ''तुझे याद कर लिया है...' भन्ने र अर्को चाँहि, 'कहते हैं ये दीवानी मस्तानी हो गई।'

_x000D_ _x000D_

'दीपिकालाई देखेपछि आफैंलाई पनि भुलिदिन्छु'

_x000D_ _x000D_

स्टार वर्ल्ड टिभीमा अनुपमा चोपडासँग कुराकानी गर्दै रणवीर सिंहले दीपिकालाई देखेपछि आफैंलाई पनि भुल्ने गरेको बताएका थिए। पछि सोही सोमा दीपिकाले पनि रणवीर सिंहसँगको केमेस्ट्रीका विषयमा बताएकी थिइन्, 'हामी दुईको केमेस्ट्री खुब मिलेको छ भन्दै रणवीरले सुरुसुरुका दिनमा धेरै पटक दोहोर्याउने गर्थे।'

_x000D_ _x000D_

'दीपिकासँग मेरो कमेस्ट्री मजाले मिलेको छ। तर यस्तो महसुस हुनका लागि भने हामी दुबै जना कुनै फिल्मको सुटिङ गरिरहेको हुनुपर्छ। यो कुरा बुझ्नका लागि मलाई भिडियो नै हेरिरहनु भने पर्दैन। तर जस्ले भिडियो हेर्छन् उनीहरू सबैले यो कुरा बुझिहाल्छन्', उनले भनेका थिए।  

_x000D_ _x000D_

_x000D_ _x000D_

'म कस्ती देखिएँ? भनेर मैले कति पटक सोध्दा पनि उनले मलाई कुनै वास्ता गरेजस्तै नै देखाउँदैनन्। तर काममा मद्दत भने खुबै गर्छन्। कति पटक त बढी मद्दत गरेकाले उल्टै सम्झाउनु र रोक्नु पर्ने अवस्था पनि आउँछ', दीपिकाले भनेकी थिइन्। 

_x000D_ _x000D_

रणवीरले यतिमात्र भनेनन् 'कहिलेकाँही सुटिङ सकेपछि मोनिटरमा भिडियो हेर्न पनि जान्थें। तर तर उक्त भिडियोमा म आफूलाई भुल्न पुग्थें, खाली दीपिकालाई मात्र देख्थें। आफू नदेखिएपछि सो भिडियो दोहोर्याएर र तेहर्याएर समेत हेर्नुपर्थ्यो।' 

_x000D_ _x000D_

'रणवीर स्कुल पढ्दाको साथीजस्तो'
_x000D_ दीपिका वा एक्टिंगका कारण चर्चा सेलाएका बेला रणवीर ड्रेसअपको स्वरुप परिवर्तन गरेर चर्चा बटुल्छन्। यस विषयमा कुरा गर्दै दीपिकाले भनेकी थिइन्, 'रणवीरको ड्रेसअप देखेर ऊ मसँग छ वा छैन भनेर तपाईहरु आफैं पनि पत्ता लगाउन सक्नुहुन्छ।' उनले रणवीर स्कुले सहपाठी जस्तै भएको समेत बताएकी थिइन्। 

_x000D_ _x000D_

'फाइंडिंग फैनी' फिल्मका लागि दिएको एक छोटो सिनमा रणवीर सिंह दीपिकाको दुलाहा बन्नुपर्ने थियो। भनिन्छ रणवीरले उक्त रोल फ्रिमा गरेका थिए। 

_x000D_ _x000D_

बलिवुडका यी दुई कलाकारको प्रेम अब रिलमा मात्र सीमित रहेन। रियलमा जीवनभरका लागि एक अर्काको अंगालोमा कसिने भएका छन्। अबको केही दिनमा 'ब्यान्ड, बाजा, बारात'सहित रणवीर बेहुला बनेर बेहुली बनेकी दीपिकाको पाणिग्रहण गर्दैछन्। रिल लाइफको सुटिङजस्तै गरी उही तरिकाले भित्र्याउँदैछन् रणवीरले दीपिकालाई नोभेम्बरमा १५ मा।

_x000D_ _x000D_

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ०१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्