जनकपुर– धनुषामा आज दिनदहाडै लाखौं रुपैयाँ लुटपाट भएको छ।
_x000D_
_x000D_
क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट रामकुमार साहले ८ लाख रुपैयाँ नगद झिकेर लाँदै गर्दा बाटोमै लुटिएको हो।
_x000D_
_x000D_
साहले महोत्तरीको भंगहा नगरपालिकामा मनी ट्रान्सफर सञ्चालन गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारी अनुसार बैंकबाट मोटरसाइकलमा पैसा झिकेर भंगहातर्फ जाँदै गर्दा बटेश्वर गाउँपालिकाको शान्तिपुर–चन्द्रपुर नजिक लुटपाट भएको हो।
_x000D_
_x000D_
दुई वटा अनटेस्ट मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरुले साहको मोटरसाइकल रोक्न लगाएर लुटपाट गरी महोत्तरीतर्फ फरार भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
लुटेराहरु भाग्न सक्ने संभावित सबै स्थानमा नाकाबन्दी गरी लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक कुशवाहाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।