काठमाडौं– मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले जोतिष शाष्त्रलाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिएका छन्।
_x000D_
_x000D_
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले जोतिष शाष्त्रले गरेको भविष्यवाणीबाट कोही पनि मात्तिन वा आत्तिन नहुने पनि स्पष्ट पारे। आइतबार पण्डित धर्मराज रेग्मीको स्मृतिमा तयार पारिएको पुस्तक ‘महाप्रस्थान’को काठमाडौंमा लोकार्पण गर्दै उनले कर्मशील व्यक्तिहरुले जोतिष शाष्त्रलाई उपयोग गरेर पुरुषार्थ देखाएको दृष्टान्त पनि पेस गरे।
_x000D_
_x000D_
रेग्मीले शब्द, समय र अवसरको सदुपयोग गरेर मानिसहरु पुरुषार्थी बन्ने गरेको पनि उल्लेख गरे। उनले समय र अवसरलाई सदुपयोग गर्न पनि सबैलाई आग्रह गरे।
_x000D_
_x000D_
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले पण्डित धर्मराज रेग्मीलाई व्यवहारिक र सरल जोतिषको रुपमा पनि चित्रण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।