काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ का ३१ वर्षीय दिपेन्द्र अधिकारी भन्ने नारायण विक छन्।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा मकाउ जानको लागि कृण्ण चौधरीले ऐजेन्ट खुश्बु गुरुङलाई रकम बुझाएका थिए।
_x000D_
_x000D_
मकाउ पठाउन नसकेपछि रकम फिर्ताका कृष्णले प्रक्रिया थालेका थिए। सो कुराबारे जानकार विकले आफू असई भएको बताउँदै एक लाख रुपैयाँ सबै कुरा मिलाइदिने भन्दै खुश्बु गुरुङबाट एक लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेका विकमाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।