मेडिकल क्षेत्रमा भिडियो एक्स-रे को प्रयोग हुनथालेको करिब ६ दशक भइसकेको छ ! नेपालमा पनि यसको प्रयोग प्राय सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब, यो भिडियो एक्स-रे कति पटक गर्ने हो ? अस्ति भर्खर गरेको फेरी गर्दा बचालाई केहि असर पर्ने हो कि ?'
_x000D_
_x000D_
यो जिज्ञासा सवैजसो रेडियोलोजिस्टहरु ले पनि धेरै सुन्नु भएको होला । त्यसले आम जानकारीका लागि यही विषयमा केही कुरा प्रस्तुत गर्न खोजिएको हो।
_x000D_
_x000D_
भिडियो एक्स-रे गर्भावस्थामा कम्तिमा १ पटक (भिडियो एक्स-रे को पहुँच नभएको वा अरु कुनै कठिनाई भएकोमा ) देखि ३ पटकसम्म गरिन्छ। पहिलोपटक पहिलो त्रैमासिक अर्थात् १२ हप्ता सम्म गर्भको दिन / समय तोक्न, मुटुको धड्कन र बच्चा बस्नेघर पाठेघरमा भए नभएको हेर्न । दोस्रोपटक दोस्रो त्रैमासिकमा बच्चाको अवस्था थाहा पाउन ( अंगभंग भएको वा राम्रोसँग बनेको वा नबनेको हेर्ने ) । दोस्रो त्रैमासिकको जाँच एकदमै महत्वपूर्ण र अनिवार्य हो । अरु समयको स्क्यान भए वा नभए पनि दोस्रो त्रैमासिकमा हुन अति आवश्यक छ । तेस्रो त्रैमासिकमा बच्चाको अवस्था, साल र पमनीको अवस्था हेर्न गरिन्छ । यी उल्लेखित कारण वा समय भन्दा अरु कारण र समयमा पनि भिडियो एक्स-रे गरिन्छ र गर्नु परेमा सुत्केरीलाइ हेर्ने गाइनेक्लोजिस्ट र रेडियोलोजिस्टको सल्लाह अनुरुप गर्न सकिन्छ।
_x000D_
_x000D_
सामान्यतया भिडियो एक्स-रेले मानव सरिरलै खासै हानी पुर्यासउने गरेको पाइएको छैन। अहिलेसम्म थाहा भएको मध्ये प्रमुख नकारात्मक प्रभाव कोसिकाहरु तात्तिनु हो तर २.५ डिग्री सेन्टिग्रेड भन्दा माथि भए मात्र हानी हुन्छ, त्यसभन्दा कम भएमा खासै नकारात्मक असर हुँदैन ! प्राय डायग्नोसटिक भिडियो एक्स-रे गर्दा अधिकतम १.५ डिग्री सेन्टिग्रेड(<२.५ ) सम्म तापमान बढ्ने रिसर्चमा उल्लेखित छ । तापमान बढाउने अर्को भिन्न भिडियो एक्स–रे गर्दा लाग्ने समय हो। जति लामो समय त्यत्तिनै तापक्रम बढ्छ। कति समयसम्म गर्दा कतिसम्म तापक्रम बढ्छ भन्ने कुरा मेसिनको थर्मल इन्डेक्स (टीआर्इ) बाट थाहा हुन्छ । यही टीआइबाट कति समयसम्म भिडियो एक्स-रे गर्दा हानी हुँदैन भन्ने थाहा हुन्छ। यो फरक–फरक मेसिनको फरक फरक हुने गर्छ तर विदेशका ठूला अस्पतालहरुमा गरिएको अनुसन्धान अनुसार अहिले प्रयोगमा आइरहेका मेसिनहरुले हानिकारक मात्रामा बढाउँदैनन्।
_x000D_
_x000D_
निस्कर्षमा, भिडियो एक्स-रे प्रयोग भएको यति लामो समयमा मानव शरीरलाई नकारात्मक असर पुर्याउने कुनै ठोस प्रमाण थाहा भएको छैन। युएसजी धेरैपटक गरेर गर्भावस्थाको प्रतिफल राम्रो हुने र कम गरेर नराम्रो हुने भन्ने हुँदैन। आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यमा भिडियो एक्स-रेबाट पत्ता लाग्ने कुनै प्रकारको समस्या छैन भनेर यकिन गर्न, गर्भको प्रतिफल राम्रो हुनका लागि, शिशुलार्इ हानी नहुने गरी वा सकेसम्म कम हुनेगरी विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिन भिडियो एक्स-रे को प्रयोग गर्नु पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।