काठमाडाैं– प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्नका लागि प्रदेश संसदले गठन गरेको विशेष समितिले संयोजक नै तोक्न नसकी कार्यकाल सकिएको छ।
_x000D_
_x000D_
प्रदेश संसदले साउन २४ मा गठन गरेको समिति यस बीचमा दुई पटक मात्रै बसेर सकिएको छ।
_x000D_
_x000D_
१५ सदस्यीय समितिमा सत्तारुढ दलको तर्फबाट संयोजक दाबी रहेको थियो।
_x000D_
_x000D_
समितिमा कांग्रेसका तर्फबाट चार सदस्य रहेका थिए।
_x000D_
_x000D_
तीन महिनाको समायावधि बिना उपलब्धी सकिएको कांग्रेसका तर्फबाट सदस्य बनेका वीर बहादुर रानाले बताए।
_x000D_
_x000D_
पार्टी एकिकरणको प्रक्रियामा लागेको सत्तारुढ दलकै वेवास्ताले समिति प्रभावहिन भएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।