काठमाडौं– धादिङ बेनिघाटस्थित विशालटारमा ग्यास बुलेटको ठक्करबाट पैदल हिँडिरहेका आमाछोरीको मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा धादिङको बेनिघाट गाउँपालिका–५ का ४० वर्षीया गीता नेपाली र उनकी २१ वर्षीया छोरी सुनिता नेपाली रहेको गजुरीका ट्राफिक प्रहरी जवान नवराज सापकोटाले नेपाल लाइभलाई जानकारी दिए।
_x000D_
_x000D_
उनीहरुको मलेखु र गजुरीमा उपचारको क्रममा ज्यान गएको हो।
_x000D_
_x000D_
ग्यास बुलेट बोकेर काठमाडौं आउँदै गरेको युपी ७५ एटी ५२०८ नम्बरको ग्यास बुलेट आमाछोरीलाई ठक्कर दिएर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।