काठमाडौं– श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका–२७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्ती छन्।
_x000D_
_x000D_
गत कात्तिक २२ गते राति ३४ वर्षीया श्रीमती शर्मिला घर्ती जिसीलाई श्रीमान दुर्गाबहादुरले आफ्नै डेरा कोठामा हत्या गरी फरार भएका थिए।
_x000D_
_x000D_
उनलाई शनिबार दिउँसो रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।