काठमाडौँ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दाबी गरेका छन्।
_x000D_
_x000D_
उनी सुटुक्क अमेरिका गएका भनी आलोचना भएकाेमा मन्त्री कार्कीले प्रतिक्रिया दिँदै भने, 'लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि जानुभएको हो।'
_x000D_
_x000D_
उनी यही कात्तिक १६ गते बैंकक प्रस्थान गरेका र स्वास्थ्य परीक्षणको प्रतिवेदन केही दिनमै आएपछि स्वदेश फर्कने कार्यक्रम छ।
_x000D_
_x000D_
मन्त्री कार्कीका अनुसार मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराएका तर उपचार तथा निजी भ्रमणबारे संघीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन।
_x000D_
_x000D_
मन्त्री कार्कीले मुख्यमन्त्री राईको भ्रमणका विषयमा अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको सन्दर्भ जोड्न आवश्यक नभएको पनि जिकिर गरे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।