इनरुवा–छठ पर्व सुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बाँसको सामग्री बनाउनका लागि भ्याइनभ्याई छ।
_x000D_
_x000D_
सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन्।
_x000D_
_x000D_
मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन्।
_x000D_
_x000D_
छठमा बासका सामग्रीको माग अत्याधिक हुने भएकाले आफूहरु बाँसका सामग्री बनाउनका लागि व्यस्त बनेको मारिक समुदायका वीरेन्द्र मरिकको भनाइ छ। 
_x000D_
_x000D_
गाउँगाउँबाट आफूहरूले १ सय ५० देखि २ सय ५० सम्ममा बाँस किनेर ल्याएको र छठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त बनेकोे मरिक समुदायका व्यक्तिहरू बताउँछन्।
_x000D_
_x000D_
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यस बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको उनीहरूको भनाइ छ।
_x000D_
_x000D_
छठ पूजा गर्ने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ। छठमा बाँसको सामग्री पुर्याउनलाई आफूहरुले महिना दिन अगाडिबाट काम सुरु गरेको भए पनि अहिले छठ पर्व आएका बेला आफूहरू सोही सामग्री बनाउने काममा व्यस्त बनेको गीता मरिकको भनाइ छ। 
_x000D_
_x000D_
आफूहरुको रोजगार र पेसा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भएर लागेको र त्यसबाट आएको आम्दनीबाट छोराछोरीलाई शिक्षादिक्षा दिने गरेको बताउँछन् मरिक समुदायका व्यक्तिहरू।
_x000D_
_x000D_
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाइ स्थानीयको छठलाई सहज पार्ने प्रयासमा रहेको मरिक समुदायका भटाइ मरिकले बताए। 
_x000D_
_x000D_
लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्कालगायतका क्षेत्रका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त रहेका छन्। 
_x000D_
_x000D_
यसरी आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य भएका छन् मरिक समुदायहरू।
_x000D_
_x000D_
त्यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री बनाउने व्यावसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।