गोरखा–गोरखाको गण्डकी गाउँपालिका–७ मा आज दिउँसो भएको आगलागीबाट रु १७ लाख बराबरको क्षति भएको छ। गण्डकी गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घरमा आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 
_x000D_
_x000D_
आगलागीबाट दिपक रेग्मीको ढुङगा माटोले बनेको र जस्ताले छाएको तीनतले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ।
_x000D_
_x000D_
आगलागीबाट रेग्मीको घरमा रहेको नगद रु एक लाख लाख ५० हजारसहित दश लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए।
_x000D_
_x000D_
त्यसैसँगै जोडिएको निर्मला रेग्मीको ढुङगा माटोले बनेकोे एक तले घर पनि आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ। 
_x000D_
_x000D_
आगलागीबाट उहाँको समेत घरमा रहेको नगद ८० हजारसहित ६ तोला सुन, लत्ताकपडा अन्नपात, भाँडावर्तन गरी ७ लाख ५३ हजार बराबर क्षति भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बिहान करिब १० बजेतिर सुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। 
_x000D_
_x000D_
घ्याल्चोक प्रहरी चौकीबाट खटिई गएको प्रहरीको टोली, स्थानीयवासीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
_x000D_
_x000D_
बिजुली चुहावट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।