गोरखा–गोरखामा शनिबार साँझ भएको बस दुर्घटनामा परि १७ जना घाइते भएका छन्। तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो।
_x000D_
_x000D_
बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ।
_x000D_
_x000D_
घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।