• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

झन्डा फहराएर मनाइयो सिन्धुलीगढीमा २५१औँ विजयोत्सव

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  १५:२८
1140x725

काठमाडौ- नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आज २५१ आैं विजयोत्सव भव्यरुपमा मनाइएको छ। 

_x000D_ _x000D_

नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष आजैका दिन (कात्तिक २४ गते) विजय दिवस मनाइने गरिएको छ। 

_x000D_ _x000D_

कमलामाई नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा सिन्धुलीगढी निर्माण गुरुयोजना सार्वजनिकीकरणको घोषणा पनि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नगरपालिकाले निर्माण गरिएको गुरुयोजना सार्वजनिकीकरणको घोषणा गरेको हो। 

_x000D_ _x000D_

तीन वर्षभित्र निर्माण पूरा गर्ने गुरुयोजना कार्यान्वयन गर्न रु १७ करोड बजेट लाग्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिए। 

_x000D_ _x000D_

त्यसअवसरमा युद्धमा वीरता देखाएका सैनिकको तस्वीरमा माल्यापर्ण गरिनुका साथै नेपालको झण्डासमेत फहर्‍याइएको थियो। सिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो। 

_x000D_ _x000D_

विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो। अङ्ग्रेज फौजसँगको लडाईं असोजमा भए पनि लडाईं सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएको छ। 

_x000D_ _x000D_

सिन्धुलीगढीको महत्वका कारण त्यस क्षेत्रको सुरक्षा र संरक्षणका लागि नगरपालिकाले सरकारसँग नेपाली सेनाको टुकडी तैनातीका लागि अनुरोध गरेको छ। हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ। 

_x000D_ _x000D_

त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन्। ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो। त्यसबेला ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो। सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो। गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो। 

_x000D_ _x000D_

नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो। 

_x000D_ _x000D_

उक्त ऐतिहासिक लडाईंबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो। सिन्धुलीगढी लडाईंमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्ने) र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो। 

_x000D_ _x000D_

गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाईं’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ। 

_x000D_ _x000D_

विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन्। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुन थालेको छ। वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याङ्क कुनै निकायसँग रहेको छैन्। 

_x000D_ _x000D_

नगरपालिकाले सोला भञ्ज्याङदेखि गढीसम्म पुग्ने बाटो सुधारका कार्य अन्तिम चरणमा पु¥याइसकेको छ। गढी क्षेत्रको मर्मतका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ। गुरुयोजना लागू भएसँगै नगरपालिकाले त्यस क्षेत्रमा जाने पर्यटकसँग शुल्क उठाउने योजना बनाएको छ। हाल गढी क्षेत्रमा वनभोजमा आउने समूहसँग प्रतिसमूह रु ५०० शुल्क लिने गर्दै आएको छ। 

_x000D_ _x000D_

गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नका साथै विभिन्न महत्वपूर्ण मठ मन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ। 

_x000D_ _x000D_

नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगरप्रमुख खड्ग खत्रीले जानकारी दिए। 

_x000D_ _x000D_

सिन्धुलीगढीका लडाईंमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाईंमा भाग लिएको’ स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास पाइन्छ। 

_x000D_ _x000D_

‘सिन्धुलीगढी घुमेर हेर्दा’ भन्ने गायक कृष्ण विक्रम थापाको सिन्धुलीगढी घुरेर हेर्दा.... भन्ने बोलको त्यस क्षेत्रको लोक गीतले नेपालीलाई यो ठाउँको ऐतिहासिकताको स्मरण गराउन योगदान पुर्‍याएका छन्। 

_x000D_ _x000D_

समारोहमा प्रदेशका अर्थमन्त्री कैलास ढुङ्गेल, सङ्घीय संसद्का सांसदद्वय हरिबोल गजुरेल र गणेश पहाडी, प्रदेशसभा सदस्य प्रदीप कटुवाल, स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिलगायतको उल्लेखनीय सहभागिता थियो। रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड
सम्बन्धित सामग्री
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन न... मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना समितिले  साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको ह... मंगलबार, साउन ५, २०८३
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कम... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्