• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

झन्डा फहराएर मनाइयो सिन्धुलीगढीमा २५१औँ विजयोत्सव

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २४, २०७५  १५:२८
1140x725

काठमाडौ- नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आज २५१ आैं विजयोत्सव भव्यरुपमा मनाइएको छ। 

_x000D_ _x000D_

नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष आजैका दिन (कात्तिक २४ गते) विजय दिवस मनाइने गरिएको छ। 

_x000D_ _x000D_

कमलामाई नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा सिन्धुलीगढी निर्माण गुरुयोजना सार्वजनिकीकरणको घोषणा पनि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नगरपालिकाले निर्माण गरिएको गुरुयोजना सार्वजनिकीकरणको घोषणा गरेको हो। 

_x000D_ _x000D_

तीन वर्षभित्र निर्माण पूरा गर्ने गुरुयोजना कार्यान्वयन गर्न रु १७ करोड बजेट लाग्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिए। 

_x000D_ _x000D_

त्यसअवसरमा युद्धमा वीरता देखाएका सैनिकको तस्वीरमा माल्यापर्ण गरिनुका साथै नेपालको झण्डासमेत फहर्‍याइएको थियो। सिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो। 

_x000D_ _x000D_

विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो। अङ्ग्रेज फौजसँगको लडाईं असोजमा भए पनि लडाईं सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएको छ। 

_x000D_ _x000D_

सिन्धुलीगढीको महत्वका कारण त्यस क्षेत्रको सुरक्षा र संरक्षणका लागि नगरपालिकाले सरकारसँग नेपाली सेनाको टुकडी तैनातीका लागि अनुरोध गरेको छ। हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ। 

_x000D_ _x000D_

त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन्। ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो। त्यसबेला ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो। सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो। गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो। 

_x000D_ _x000D_

नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो। 

_x000D_ _x000D_

उक्त ऐतिहासिक लडाईंबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो। सिन्धुलीगढी लडाईंमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्ने) र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो। 

_x000D_ _x000D_

गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाईं’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ। 

_x000D_ _x000D_

विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन्। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुन थालेको छ। वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याङ्क कुनै निकायसँग रहेको छैन्। 

_x000D_ _x000D_

नगरपालिकाले सोला भञ्ज्याङदेखि गढीसम्म पुग्ने बाटो सुधारका कार्य अन्तिम चरणमा पु¥याइसकेको छ। गढी क्षेत्रको मर्मतका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ। गुरुयोजना लागू भएसँगै नगरपालिकाले त्यस क्षेत्रमा जाने पर्यटकसँग शुल्क उठाउने योजना बनाएको छ। हाल गढी क्षेत्रमा वनभोजमा आउने समूहसँग प्रतिसमूह रु ५०० शुल्क लिने गर्दै आएको छ। 

_x000D_ _x000D_

गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नका साथै विभिन्न महत्वपूर्ण मठ मन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ। 

_x000D_ _x000D_

नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगरप्रमुख खड्ग खत्रीले जानकारी दिए। 

_x000D_ _x000D_

सिन्धुलीगढीका लडाईंमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाईंमा भाग लिएको’ स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास पाइन्छ। 

_x000D_ _x000D_

‘सिन्धुलीगढी घुमेर हेर्दा’ भन्ने गायक कृष्ण विक्रम थापाको सिन्धुलीगढी घुरेर हेर्दा.... भन्ने बोलको त्यस क्षेत्रको लोक गीतले नेपालीलाई यो ठाउँको ऐतिहासिकताको स्मरण गराउन योगदान पुर्‍याएका छन्। 

_x000D_ _x000D_

समारोहमा प्रदेशका अर्थमन्त्री कैलास ढुङ्गेल, सङ्घीय संसद्का सांसदद्वय हरिबोल गजुरेल र गणेश पहाडी, प्रदेशसभा सदस्य प्रदीप कटुवाल, स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिलगायतको उल्लेखनीय सहभागिता थियो। रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मुल्य घट्यो
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?
सम्बन्धित सामग्री
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि बनेको... सोमबार, कात्तिक १७, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो। सोमबार, कात्तिक १७, २०८२
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९  बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध... सोमबार, कात्तिक १७, २०८२
ताजा समाचारसबै
सुनको मुल्य घट्यो मंगलबार, कात्तिक १८, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै मंगलबार, कात्तिक १८, २०८२
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन? मंगलबार, कात्तिक १८, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै मंगलबार, कात्तिक १८, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्