जनकपुरधाम- प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले नीतिनियमका विषयमा प्रदेश सरकारलाई सुझाव प्रदान गर्न धनुषा चेम्बर अफ कमर्सलाई अाग्रह गरेका छन्। 
_x000D_
_x000D_
धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्धारा ब्रतालुहरुका लागि छठ पूजा सामाग्री तथा वस्त्र वितरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले असल कार्य तथा विकासका कार्यमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताएका हुन्।
_x000D_
_x000D_
साथै उनले व्रतालुका लागि गरिएको पूजा सामाग्री वितरणका लागि आयोजकको प्रशंसा समेत गरे। कार्यक्रममा एक सय एक व्रतालूलाई पूजन सामाग्री तथा वस्त्र वितरण गरिएको थियो। 
_x000D_
_x000D_
उक्त कार्यक्रममा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा ले जनकपुरधाममा मनाईने छठ पूजालाई ३ दिवसीय भव्यता प्रदान गर्न सकिए पर्यटक तान्न सकिने बताएका थिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।