पाराडिज, अमेरिका- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढेर ९ पुगेको छ। शुक्रबार भएको घटनाका कारण अरु हजारौं स्थानीय बासिन्दा विस्थापित भएका अधिकारीहरुले जानकारी दिएका छन्।
_x000D_
_x000D_
त्यस क्षेत्रमा बस्ने झन्डै २६ हजार जनालाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ। बिहीबार बिहान सुरु भएको आगलागी छिटै फैलिएको थियो। ठूलो हावाहुरी आएकाले पनि आगो चाँडो फैलिएको बताइएको छ।
_x000D_
_x000D_
आगलागीका कारण झन्डै २८ हजार ३ सय हेक्टर क्षेत्रमा जलेर सुक्खा भएको र आगो नियन्त्रणमा नआएको क्यालिफोर्निया अग्नि विभागले जनाएको छ।
_x000D_
_x000D_
उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन।
_x000D_
_x000D_
प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ।एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।