काठमाडौं- गर्भावस्था महिलाको संवेदनशील अवस्थामा पर्दछ । यस्तो बेला गर्भवती महिलाले आफू र आफ्नो गर्भमा रहेको बच्चाका लागि समेत ध्यान दिएर खानपानको व्यवस्था मिलाउनुपर्ने हुन्छ । गर्भवती आमा कुपोषित भएमा गर्भको बच्चाले पनि आवश्यक पोषण तत्व प्राप्त गर्न सक्दैन । जसले गर्दा कम तौलको बच्चा जन्मिन्छ । कम तौलको बच्चा थप कुपोषणको चक्रमा पर्ने त छँदैछ, साथसाथै विभिन्न रोगले बारम्बार आक्रमण गरिरहन्छ ।
_x000D_
_x000D_
गर्भवती महिलामा पोषण सम्बन्धी समस्या आउनुको कारण
_x000D_
_x000D_
– कम उमेरमा गर्भवती ।
_x000D_
– धेरै पटक गर्भवती ।
_x000D_
– पोषण ज्ञानको कमी र पारिवारिक असहयोग ।
_x000D_
– अन्धविश्वासका कारण कम खाने, व्रत बस्ने, माछा–मासु–अन्डा र दूधको उपभोग नगर्ने बानी ।
_x000D_
– धूम्रपान, मद्यपान र लागूऔषधको प्रयोग ।
_x000D_
– दूध पचाउन नसक्ने समस्या ।
_x000D_
– गर्भवती हुँदा न्यून पोषण वा अधिक पोषण ।
_x000D_
–  पेटमा जुम्ल्याहा तथा तिम्ल्याहा बच्चा ।
_x000D_
–  शरीरको न्यून तथा अत्याधिक तौल बृद्धि ।
_x000D_
–  गरिबी र अशिक्षा ।
_x000D_
_x000D_
गर्भावस्थामा चाहिने पोषिला खानेकुरा
_x000D_
_x000D_
क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
_x000D_
प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
_x000D_
फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
_x000D_
आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)
_x000D_
_x000D_
गर्भावस्थामा खानपान सम्बन्धी समस्याको समाधान
_x000D_
_x000D_
वाकवाकी घटाउन
_x000D_
– बिहान ओछ्यानबाट बिस्तारै उठ्ने ।
_x000D_
– भुटेको, कुरुम–कुरुम हुने खानेकुरा खाने ।
_x000D_
– चुइङगम वा चकलेट खाने ।
_x000D_
– थोरै–थोरै तर पटक–पटक खाना खाने ।
_x000D_
– कडा बास्ना भएको खाना भरसक नखाने ।
_x000D_
_x000D_
कब्जियत घटाउन
_x000D_
_x000D_
– रेसादार खाना खाने ।
_x000D_
– दैनिक शारीरिक श्रम गर्ने ।
_x000D_
– एक दिनमा कम्तिमा आठ गिलास पानी तथा अन्य तरल पदार्थ पिउने ।
_x000D_
– दिशा लाग्नेबित्तिकै दिशा गर्ने ।
_x000D_
– दिशा लगाउने औषधि डाक्टरको सल्लाहले मात्र प्रयोग गर्ने ।
_x000D_
– मसलेदार तथा चिल्ला खानेकुरा नखाने ।
_x000D_
– अग्लो ठाउँ (कुर्सी, खाट आदि) मा बसेर खाने ।
_x000D_
– खाना खाएको एक घन्टासम्म नसुत्ने ।
_x000D_
– खाना खाएको दुई घन्टासम्म कडा परिश्रम, शारीरिक व्यायाम नगर्ने ।
_x000D_
_x000D_
प्रस्तुतिः डा. सुमन ताम्राकार
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।