भक्तपुर– महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित ३ लाख ८४ हजार २ सय ३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
_x000D_
_x000D_
पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको उनले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।