काठमाडौं- पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत हुँदै तस्करले खाडीका देश, युरोप र अफ्रिका पुर्याउने क्रम बढ्दो छ। गत सोमबार भारत हुँदै खाडीका देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। भारतबाट उद्धार गरिएका ४० मध्ये ३ जनालाई त्यहीँ देह व्यापारमा जबरजस्ती लगाउने गरेको पनि खुलेको छ।
_x000D_
_x000D_
भारत गाजियावादस्थित इन्द्रपुरममा तीन वटा भवनमा राखिएका ३७ नेपाली महिलालाई माइती इन्डियाले भारतीय प्रहरीको सहयोगमा उद्धार गरी स्वदेश फर्काएको हो। माइती इन्डियाका बालकृष्ण पाण्डेका अनुसार उद्धार गरिएका नेपाली महिलालाई १७, १३ र ७ जनाको समूह बनाई फरकफरक स्थानमा तस्करीले लुकाएको ठाउँबाट उद्धार गरिएको थियो।
_x000D_
_x000D_
नेपाल सरकारले खाडीका मुलुक घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि भारत हुँदै नेपाली महिला तस्कर गरेर पुर्याउने क्रम रोकिएको छैन।
_x000D_
_x000D_
गत साउन महिनामा भारतको राजधानी नयाँ दिल्लीबाट वैदेशिक रोजगारीका लागि हिँडेका ७३ जना नेपाली महिलाको उद्धार गरिएको थियो। नयाँदिल्ली महिला अयोग र स्थानीय प्रहरीले ७३ महिलाको उद्धार गरेको भारतको दिल्लीस्थित नेपाली दूतवासले विज्ञप्तिमार्फत जनाएको थियो। 
_x000D_
_x000D_
मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिलाउने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याई तेस्रो मुलुक लैजान लागेका महिलाको भारतीय प्रहरी महिला आयोग बेलाबेला उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाउदै आएको छ।  
_x000D_
 
_x000D_
सरकारले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताए पनि यो क्रम रोकिएको छैन। 'सरकारको आँखा छलेर वा लुकेर कामको खोजीमा विदेशिनेलाई रोक्न समस्या नै छ,' श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मी भन्छन्, 'रोजगारी पाउने आसमा कसैको लहैलहैमा लागेर अवैध बाटो भएर जाने कामदार नियन्त्रण गर्न गाह्रो हुन्छ।' मन्त्रालयले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रण गर्नेगरी योजना बनाइरहेको उनी बताउँछन्।
_x000D_
_x000D_
मासिक सयभन्दा धेरै महिला तस्करी   
_x000D_
आर्थिक वर्ष २०७४/७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको पछिल्ला महिनामा भारतका विभिन्न स्थानबाट उद्धार गरियो। दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतबाट उद्धार गरिएको थियो। जबकि पहिलो ३ महिनामा करिब २ सयभन्दा महिलालाई भारतबाट उद्धार गरिएको छ। भारतको महिला आयोगले तस्करीमा परेका महिला उद्धार अभियान चलाइरहेको छ। 
_x000D_
_x000D_
_x000D_
गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए। एक अध्ययनमा वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवती भारत हुँदै तेस्रो मुलुक तस्करले लैजाने गरेका छन्। 
_x000D_
_x000D_
_x000D_
पछिल्लो दिनमा मासिक सयभन्दा धेरै महिला रोजगारीका नाम तस्करी भइरहेको माइती नेपालको एक अध्ययनमा देखाइएको छ। भारतसँग सीमा जोडिएका नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली युवती रोजगारीका नाममा तस्करी हुने गरेका छन्।
_x000D_
_x000D_
महिला तस्कर नेपाल र भारतको साझा समस्या भएको भन्दै यो विषयमा गम्भीर हुनुपर्ने भारतीय मानव अधिकारकर्मीले आवाज उठाउँदै आएका छन्। नेपालमा झापा, बर्दिया, वीरगन्ज,  बुटवल, धनगढी र सुनौली लगायतका नाकाबाट नेपाली महिलालाई भारत पुर्याउने गरिएको प्रहरीले बताउँदै आएको छ।  
_x000D_
_x000D_
मानव तस्करीको रुट भारत
_x000D_
प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन्। प्रहरीको सहयोगमा विभिन्न संघ संस्थाले सीमा क्षेत्रमा अवैध रुपमा रोजगारीका लागि जाने महिलाको उद्धार गर्दै आएको छ। यस्तै, अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा जाने र त्यहाँ समस्यामा पर्ने महिलाको संख्या पनि ठूलो छ।
_x000D_
_x000D_
गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए। एक अध्ययनमा वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवती भारत हुँदै तेस्रो मुलुक तस्करले लैजाने गरेका छन्। 
_x000D_
_x000D_
उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन्। राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेती बताउँछन्। 
_x000D_
_x000D_
_x000D_
महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश मेनपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
_x000D_
_x000D_
_x000D_
मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुर्याएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रशस्त छन्। 
_x000D_
_x000D_
गत साउन ५ मा केन्याको डान्सबारमा काम गर्न पुगेका १३ नेपाली युवतीको केन्या प्रहरीले उद्धार गरी नेपाल फर्काउन सहयोग गरेको थियो। विदेशमा पुगेर अप्ठ्यारोमा पर्ने कामदारको समस्या सुन्न र सहयोग गर्न ३ वर्षदेखि हटलाइन टेलिफोन सेवा सञ्चालन भइरहेको महाशाखाका प्रवक्ता उप्रेती बताउँछन्। हटलाइन फोनमार्फत वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारलाई उद्धार र सहयोग गर्न सहज भएको उनको भनाइ छ।
_x000D_
_x000D_
दलालको रहस्य खोल्दैनन् तस्करीमा परेका महिला
_x000D_
कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन्। यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी–बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्याउने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ। 
_x000D_
_x000D_
महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश मेनपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्रायः महिला अशिक्षित, गरिब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको सिआइबीका निरीक्षक राजकुमार सिलवालले जानकारी दिए। ‘विदेश जाने भनेपछि केही नबुझी जाँदा धेरै सोझा महिला फस्ने गरेका छन्। प्रहरीले उद्धार गरेका महिलाले दलाल र तस्कारका विषयमा केही बताउँदैनन्। त्यसकारण अनुसन्धानमा पनि समस्या हुने गरेको छ,’ उनले भने।
_x000D_
_x000D_
एक तस्कर अर्को तस्करसँग परिचित नभईकनै महिला ओसारपासर हुने गरेको उनी बताउँछन्। प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा नै अनभिज्ञता प्रकट गर्ने गरेका छन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।