कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन्। आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत छन्।
_x000D_
_x000D_
शिक्षकको संख्या भने पाँचभन्दा बढी रहेको छ। एक शिक्षक बराबर ५० विद्यार्थी एउटा कक्षामा हुनुपर्नेमा पुरै विद्यालयमा बढीमा ४४ मात्रै विद्यार्थी छन्। 
_x000D_
_x000D_
नगरपालिका शिक्षा शाखाको तथ्यांकअनुसार मिलन आधारभूत विद्यालयमा २५, त्रिमूर्ति आधारभूत विद्यालयमा ३१, जनचेतना आधारभूत विद्यालयमा ३६, दीपनगर आधारभूत विद्यालयमा ४४ र श्रीराम आधारभूत विद्यालयमा ३० मात्रै विद्यार्थी रहेका छन्।
_x000D_
_x000D_
विद्यालय नजिकै निजी विद्यालय खोल्ने क्रम बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेका हुन्।
_x000D_
_x000D_
अभिभावकको निजी विद्यालयप्रतिको बढ्दो आकर्षण घटाउनका लागि गुणस्तरमा ध्यान दिइनुपर्ने, खाजाको व्यवस्था गरिनुपर्ने र नियमित अनुगमन गरिनुपर्ने शिक्षक खड्क साउदले बताए।
_x000D_
_x000D_
न्यून विद्यार्थी रहेका विद्यालयलाई समायोजनमा लैजानका लागि प्रक्रिया अगाडि बढाइने शिक्षा शाखाका प्रमुख देवदत्त पन्तले बताए। 
_x000D_
_x000D_
शिक्षा ऐनको दफा १२ को (क)मा भएको व्यवस्थाअनुसार पूर्वाधार कायम नभएका, अधिकांश कक्षामा नियम ७७ बमोजिम विद्यार्थी सङ्ख्या नभएको र दुई वा दुईभन्दा बढी विद्यालय व्यवस्थापन समितिले एउटै विद्यालयका रूपमा सञ्चालन गर्न संयुक्त निवेदन दिएमा समायोजन गर्न सकिने व्यवस्था रहेको छ। 
_x000D_
_x000D_
'कुनै विद्यालयमा विद्यार्थी संख्या धेरै छ', उनले भने, 'शिक्षक दरबन्दी न्यून छ। कुनैमा विद्यार्थी न्यून छन्। शिक्षक धेरै छन्।
_x000D_
_x000D_
दरबन्दी र शिक्षकको अनुपात मिलाउनका लागि न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजनमा लैजानु नै उपयुक्त देखिन्छ।' 
_x000D_
_x000D_
शिक्षा ऐन आएपछि सबै प्रक्रिया अगाडि बढाइने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शिवराज पनेरुले बताए। रासस
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।